२२ जना कोरोना संक्रमित थपिदा ४६ जना मुक्त

68

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,१४४ नमुना परीक्षणमा २२ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका २२ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५९३ पुगेको छ । साथै आज निको भएका २२ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७४ पुगेको छ ।

नेपालमा हाल ५६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ५४४ जना होमआइसोलेशन र २४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११ जना आइसीयु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो. २४ घण्टामा १५,३५५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here