एन्फाको निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट

62

काठमाडौं  ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट शुक्रबार हुने भएको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट शुक्रबार हुने जानकारी गराए। ‘बी र सी डिभिजनको प्रतिनिधि छनोट लागि क्लबलाई पत्र पठाइसकेका छौं,’ उनले भने , प्रतिनिधि छनोट शुक्रबार हुन्छ।’

एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि गत बिहीबार प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएको थियो। लगत्तै अध्यक्षका आकांक्षी तथा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहका केन्द्रीय सदस्य दावा लामाले निर्वाचन समितिको कक्षमा तोडफोड गरेका थिए।

एन्फा विधान र निर्वाचन निर्देशिका अनुसार वर्तमान कार्यसमितिका पदाधिकारी र तलबी कर्मचारी आफ्नो संघको निर्वाचनमा प्रतिनिधिका रुपमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। तर, ‘सी’ डिभिजनको प्लानिङ ब्वाइज युनाइटेड अध्यक्ष लामासहित पुल्चोक स्पोर्टस् क्लबका अध्यक्ष रविन्द्र जोशी र साँघा स्पोर्टस् एकेडेमीका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारीले निर्वाचन प्रतिनिधिको दाबी गरेका थिए।

निर्वाचन निर्देशिका र विधान विपरितको कार्यमा संलग्न भएको जनाउँदै ‘सी’ डिभिजन क्लब ओसीसका अध्यक्ष उत्तम बस्नेतले निर्वाचन समितिसमक्ष लिखित उजुरी दर्ता गरेका थिए। उक्त उजुरीमाथि छानबिन गर्दै निर्वाचन समितिले बिहीबारको निर्वाचन प्रक्रियालाई स्थगित गरेको थियो। लामा र अधिकारी एन्फा कार्यसमितिका सदस्य हुन् भने जोशी एन्फामा तलबी कोषाध्यक्षको रुपमा कार्यरत छन्।

एन्फाको आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उम्मेदवारी दिने तयारी गरेका छन्। नेतृत्वका लागि दुवैपक्ष अहिलेदेखि नै तयारीमा जुटिररहेका छन्। ‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन्। तर, ‘बी’ बाट ११ र ‘सी’ बाट ९ क्लबले मताधिकार पाउनेछन्। यसअघि जेठ १५ गते कार्यसमिति चयनको निर्वाचन हुने भनिएको थियो। तर, फिफा र एएफसीको प्रतिनिधि उक्त मितिमा नेपाल आउन नसक्ने कारण जनाउँदै एन्फाले निर्वाचन सारेको छ।

एन्फाको नयाँ कार्यसमितिको लागि असार ६ गते मिति तोकिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here