यातायात व्यवसायीको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित

109

काठमाडौं ।  यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्। महासंघको मंगलबार सम्पन्न अधिवेशनबाट स्वाँर निर्विरोध अध्यक्षमा चयन भएका हुन्।

यसअघि उनी महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष बनेका हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि भने मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, हरिशरण केसी र ऐनकुमार शाही निर्वाचित भए।

महासंघको महासचिवमा भने डेकनाथ गौतम र उपमहासचिवमा पुरूषोत्तम सिंखडा, शम्भु रिजाल र गगन रोका चयन भएका छन्। यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्ष अर्जुन गौतम निर्वाचित भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here