काठमाडौं– आसन्न एन्फाको निर्वाचनका लागि ‘सी’ डिभिजन क्लबका प्रतिनिधि छनोट भएका छन्।
प्रतिनिधि छनोटका लागि एन्फाले शुक्रबार निर्वाचन गरेको हो। निर्वाचनमा १४ मध्ये १० क्लबका प्रतिनिधि छनोट भएका छन्। समितिका अनुसार बाँसबारी युवा क्लब, मनोहरा एकीकृत युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर स्टडिज एण्ड एसोसियनसन र प्लानिङ ब्वाइज युनाइटेड प्रतिनिधिको रुपमा छनोट भएका छन्।
यस्तै, वीरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भु क्लब पनि प्रतिनिधिका रुपमा छनोट भएका छन्।
झापा र समाजबीच गोला प्रथा भएको थियो। जसमा समाज छानिएको निर्वाचन समितिले जनाएको छ। ‘बी’ डिभिजन क्लबका प्रतिनिधिको छनोटका लागि भने निर्वाचन चलिरहेको छ।
















