काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि १४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९ सय ३ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्।
आज ५५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्यु आज शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ४ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।
२४ घन्टामा देशभरि ७ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।


















