गहना खोज्ने जात्रा मनायाे

157

काठमाडौँ– काठमाडौँको हाँडीगाउँमा आइतबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ।

टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।चैत्रशुक्ल पूर्णिमाका दिन उक्त जात्रा सुरु हुन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहनापोखरीमा गहना खोज्ने जात्रा हुन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ।

नेवार समुदायले मनाउने यो जात्रा किराँतकालदेखि नै चल्दै आएको विश्वास गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here