ग्यास्ट्रिकको समस्या हुनेले के खाने, के नखाने ?

980

ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ। जथाभावी दुखाई कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

ग्यास्ट्रिकका लक्षण :

– माथिल्लो पेटमा असजिलो महसुस हुने,

– खाना खाएपछि अप्ठ्यारो हुने,

– पेट दुख्ने,

– अमिलो पानी आउने,

– ढ्याउ ढ्याउ हुने,

– ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्ने,

– दिसा कालो र रगत मिसिएको हुने ।

ग्यास्ट्रिक हुँदा के खाने, के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको खानेकुरा मात्रै खानुपर्छ, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here