चितुवाको छालासहित ४ जना पक्राउ

95

काठमाडौं ।  दुर्लभ बन्यजन्तु चितुवाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्।  प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

झोलाभित्र लुकाइरहेको अवस्थामा चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा गुल्मीका ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाका २९ वर्षीय फुरी शेर्पा, भक्तपुरका २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन्।     उनीहरुको साथबाट जितुवाको छाला २ थान, खप्पर लगायत बरामद भएको छ।

पक्राउ परेका उनीहरुलाई थप अनुन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here