आज सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजे बस्दै

116
????????????? ????? ??????????? ?????? ????? ??????? ????? ???? ;Qf u7aGwg bnsf] a}7s sf7df8f}F, @@ r}t M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷ /f;;

काठमाडौं । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ५४ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here