काठमाडाैं । आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा लोक पौडेल र अन्जु पन्तको स्वरमा रहेको आमा बोलको गीत सार्वजनिक गरिएको छ ।
मीरा मोसन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलकै शब्द एवं संगीत छ । भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै छ ।
आमा छोराको वियोगान्त कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय छ ।
भिडियोलाई दशरथ गिरिले सम्पादन गरेका हुन् भने खेम थापा मगरले छायांकन गरेका हुन् ।

















