जनता समाजवादीकाे घोषणापत्र सार्वजनिक

93

काठमाडौं ।  जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।

‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ’, घोषणापत्रमा भनिएको छ।

त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ। ‘सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपैयाँ सम्मको खानेपानी बिल निशुल्क गरिने छ। आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिइने छ’, भनिएको छ।  सबै गाउँपालिकाहरुको विस्तृत भू-उपयोग योजना र नपा/उपनपा/मनपाहरुको गुरु योजना तयार गरी क्रमशः लागू गरिने जसपाको योजना छ।

आगामी ५० वर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने भनिएको छ।  ‘माध्यामिक विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक रुपमा नै निशुल्क र गुणस्तरीय बनाइने छ। प्रारम्भमा ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गरिने छ।

सबै विद्यालयहरुमा कम्प्युटर शिक्षा दिइने छ’, घोषणापत्रमा भनिएको छ।    हरेक गाउँपालिकाहरुका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोलिने भनिएको छ। स्वास्थ्य प्रयोगशालाको व्यवस्था समेत गरिने र प्रत्येक पालिकामा गर्भवती महिलाहरुका लागि बर्थिङ सेन्टर स्थापना गरिने भनिएको छ।  यस्तो छ पूर्णपाठ :

:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here