आज प्रधानमन्त्री देउवाले बैठक बोलाए

88

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको आह्वान गरिएको हो । बैठकमा डा.शेखर कोइरालाको साथै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि लगायतलाई बोलाइएको हो ।

साथै पदाधिकारीहरुमा उपसभापतिहरु पुर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि बैठकमा बोलाइएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here