प्रचण्डको कांग्रेसीकरणले माके पार्टी छोड्ने लहर !

45

१० बर्षे सशस्त्र युद्धको कमाण्डिङ गरेका प्रचण्डको पलायन यात्रा अभैm जारी छ । उनको पलायन यात्राले उनले नेतृत्व गरेको पार्टीलाई कमजोर बनाएको मात्र होइन । नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि निक्कै ठूलो क्षति पु¥याएको छ । सशस्त्र युद्धलाई शान्तिपूर्ण प्रकृयामा रुपान्तरित गरेदेखि सुरु भएको पार्टी भित्रको विभाजन अहिले उत्कर्षमा पुगेको छ । पछिल्लो पटक स्थानीय चुनावका सन्दर्भमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस पार्टीसँग चुनावी तालमेल गरिरहेको अवस्थामा प्रचण्डको कार्यशैलीसँग असन्तुष्ट हुनेहरुको संख्या बढेर गएको छ । यसै क्रममा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिएको छ । ५ नम्बर प्रदेशको दाङ जिल्लामा नेकपा(माओवादी केन्द्र) का नेता–कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरेका छन् । दाङको घोराहीमा गत सोमबार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरे ।
घोराहीमा पत्रकार सम्मेलन गर्दै दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका थिए । उनले पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएको जनाएका छन् । यस्तै केही दिन अघि मात्रै नेकपा(माओवादी केन्द्र) घोराही उपमहानगर कमिटीका अध्यक्ष एवम् पार्टीका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पनि पार्टी परित्याग गरेका थिए । शर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । जीवन गौतमले आफ्नो पार्टी कित्ता स्पष्ट गरिसकेका छैनन् ।
यसैबीच गत मंगलबार अर्का एक जना दाङ जिल्लाकै जिल्ला नेताले नेकपा(माओवादी केन्द्र) परित्याग गरेको घोषणा गरेका छन । नेकपा(माओवादी केन्द्र) दाङका जेष्ठ नागरिक जिल्ला सदस्य राजपुर गाउपालिका वडा नं. २ बस्ने नर बहादुर केसी खत्रीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा प्रेस बिज्ञप्तिमार्फत गरेका छन् ।
खत्रीद्वारा जारी प्रेस बिज्ञप्तिमा नेकपा(माओवादी केन्द्र)ले जनतामाथि जनघात गरेको, दलाल संसदीय पुजीवादी बाटोमा अगाडि बढेको र राष्ट्रघाती एमसीसी सम्झौता दोयात्मक चरित्रले संसदवाट पास गरेको, जनताको ढाड सेक्नेगरी महंगी, कालाबजारी, दलाल, भ्रष्टाचारीहरुलाई पक्षपोषण गरेको हँुदा उक्त पार्टीको बिचार, सिद्धान्त र साधारण सदस्यसमेत नरहने गरी आजका मितिदेखि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
दाङमा सबैभन्दा धेरै राजपुर गाउपालिकाबाट नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन । केही समयअघि मात्रै नेकपा(माओवादी केन्द्र) राजपुर गाउपालिका वडा नं. २ का अध्यक्ष तुल्सीराम भण्डारी र सोही वडामा बसोबास गर्ने पार्टीका सदस्य मोहनलाल बिकले पार्टी साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेका थिए । स्थानीय निर्वाचन नजिकिदै गर्दा दाङमा दैनिकजसो नेकपा(माओवादी केन्द्र) का नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरिरहेका छन् ।

पार्टी परित्याग गर्ने अधिकांश नेता–कार्यकर्ताले राष्ट्रघाती एमसीसी संसदबाट पास गरेर माओवादी केन्द्रले राष्ट्रघात गरेको आरोप लगाइरहेका छन् । साथै उनिहरुले दलाल पुजीवादी संसदीय व्यवस्थाबाट वास्तविक शान्ति, समृद्धि र स्वाधीनता प्राप्त गर्न नसकिने समेत दावी गर्ने गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको लक्ष्य अनुसारको राजनीति परित्याग गरिसकेका छन् । उनी अव नेपाली कांग्रेसको दयाको पात्र बन्नुपर्ने अवस्थामा पुगेका छन् । दाङ जिल्लाको जस्तै अवस्था देशव्यापी रुपमा प्रत्येक भइरहेको छ । क्रमिक रुपमा पार्टी रितिएर प्रचण्डका वरिपरी बसेर लाभ प्राप्त गर्नेहरु बाहेक अरु सबैले माओवादी केन्द्रबाट अलग भएको घोषणा गर्ने पर्ने अवस्था विकसित भएको छ । नेकपा माओवादी केन्द्र आवरणमा कम्युनिष्ट भएपनि आचरणमा कांग्रेस भन्दा कति पनि फरक नभएको टिप्पणी पनि त्यस पार्टीबाट अलग हुनेहरुले गरिरहेका छन् । प्रचण्डहरुको टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवाको नेतृत्वको पार्टीमा माओवादी केन्द्रका कार्यकर्ताहरु जान नसक्ने, उनीहरुले कांग्रेसको उम्मेदवारको पक्षमा प्रचार गर्ने सम्मका कामहरु गर्नुपर्ने अवस्थामा प्रचण्डले कार्यकर्ताहरुलाई घिसारिन बाध्य बनाइरहेका छन् । यो स्थितिबाट माओवादी केन्द्र समाप्तीको दिशातर्पm गइरहेको दृश्य दुखद छ । आगे प्रचण्ड कामरेडलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here