रूसले आणविक क्षमताको मिसाइलको सफल परीक्षण

135

काठमाडौं । रूसले आणविक क्षमताको मिसाइलको परीक्षण गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार रूसी रक्षा मन्त्रालयले बुधबार सरमात नामक मिसाइल परीक्षणको भिडिओ सार्वजनिक गरेको छ।  उक्त भिडिओमा रूसी सैनिक अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मिसाइलबारे ब्रिफिङ गरिरहेको देखिन्छ।

उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट छोडिएको मिसाइलले ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्वीपमा आफ्नो निशाना भेटाएको थियो।

मिसाइल परीक्षणपछि रूसी राष्ट्रपति पुटिनले यो परीक्षणले रूसका दुश्मनहरूलाई सोच्न बाध्य बनाउने बताएका छन्। पुटिनले यत्तिको अत्याधुनिक मिसाइल संसारमा अन्त कहीँ नभएको र अझै केही समय कसैले बनाउन नसक्ने दाबी गरेका छन्।  रूसले यो मिसाइलको परीक्षणका लागि वर्षौंदेखि तयारी गरेको थियो तर यसको परीक्षण दुई महिनादेखि रूसी सैनिकले युक्रेनमा आक्रमण गरे पनि सफलता पाउन नसकेका बेला भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here