काठमाडाैं । नेकपा एमाले सचिवालय बैठक आज बसेकाे छ।
महानगर र उपमहानगरपालिकाको उम्मेदवारकाे विषयमा छलफल गर्न सचिवालय बैठक बसेकाे हाे ।
बैठक आज (बिहीबार) दिउँसो १ बजे बालकोटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार आजकाे बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउनेछ।
सत्तागठबन्धनले हिजाे नै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाइसकेकाे छ।


















