ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण

121

काठमाडौं /  तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रम नौ वडामा शुरु भइरहेको र अब अन्य वडामा पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । घरदैलो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको सुवेदीले बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकाको पहँुचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here