रात्रि क्लबमा भागदौड , छ जनाको मृत्यु

202

इटाली / इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो ।

अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।’

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासी भागदौड मच्चिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here