श्रृंखला/निर्मला : न्यायका लागि प्रदर्शन/मिस वल्र्डको क्राउनका लागि प्रदर्शन….तपाईको सर्मथन कसलाई ?

119

 काठमाडौं  / चीनको सान्या शहरमा आज अर्थात मंसीर २२ गते डिसेम्बर ८ मिस वल्र्ड प्रतियोगिताको फाईनल हुने भएको छ । आज विश्वकै कुन देशले मिस वल्डको क्राउन लैजान्छ भन्ने कुराको टुंगो लाग्छ ।

निर्मला र श्रृंखला दुबै नेपालको छोरी हुन् । आज नेपाली महिलासँग सम्बन्धीत दुइ प्रदर्शन हुँदैछन् । माइतीघर मण्डलामा निर्मला पन्तको न्यायका लागि न्यायप्रेमीहरुको प्रर्दशन हुदैँछ भने मिस वल्र्डको क्राउनका लागि आज श्रृंखलाले आफ्नो सुन्दरता तथा प्रतिभा प्रदर्शन गर्ने भएकी छिन् ।Image result for निर्मलाको न्यायको लागि प्रदर्शन

श्रृंखलाले आँफुलाई जिताउन विशेष आग्रह गर्दै भोट मागीरहेको दृश्यले अहिले व्यापक रुपमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा जताततै श्रृंखलाको लागि भोट मागिएको छ । निर्मलाको न्यायको लागि चलिरहेको न्यायप्रेमीहरुको न्यायको लागि गरिएको प्रदर्शनले पनि निक्कै चर्चा पाएको छ ।

Image result for श्रृंखलाको लागि भोटनिर्मलाको न्याायको लागि प्रदर्शन गरिरहेका कतिपय अभियान्ताले भने श्रृंखलालाई भोट दिन नसक्ने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएको पनि पाइन्छ ।

यसैबिच श्रृंखलाका बुबा विरोध खतिवडा र आमा मुनु सिग्देलसँगै उनका आफन्तहरुको २० जनाको टोली श्रृखलालाई उत्साह दिन र मिस वल्र्डका ताज नेपाल ल्याउन भन्दै त्यसतर्फ गइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here