हेटाैंडामा मदन भण्डारीकाे शालिक तोडफोड

83

मकवानपुर । हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।

आज (शुक्रबार) बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएकाे अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन सहित अनुसन्धान थालेकाे हाे । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन-आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको हेटाैंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । उनले घटनामा संलग्नलाई कारवाहीकाे माग गरे ।

जीवराज आश्रितको शालिक पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर करिब ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।

गत असार १४ गते वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले मदन-आश्रितको अर्धकदको शालिक अनावरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here