सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न

101
काठमाडाैं । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग गर्नु भएको छ। जनगणना मार्फत हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्र को मुद्दालाई समाप्त पार्न कालागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीश ले विश्वको उत्कृष्ट धर्म र राष्ट्र को संरक्षण गर्न आह्वान समेत गर्नु भएको थियो।

अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले हिन्दू राष्ट्र को माग राजनीतिक नभई सास्कृतिक रहेको बताउनु भएको छ। नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउन कालागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उन्ले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गर्नु भयो।

कार्यक्रम संयोजक तथा पूर्व मन्त्री रामचन्द्र राय ले हिन्दू राष्ट्र को पहिचान बेच्ने हरूलाई गद्दारको संज्ञा दिदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गर्नु भएको थियो। धर्मान्तरण नै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उन्ले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए।

राष्ट्रिय मधेसी आयोग की सदस्य आभा सेतु सिंह ले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गर्नु भएको थियो। सह-संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रम मा स्वागत मन्तव्य डा पुरुषोत्तम झा द्वारा प्रस्तुत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here