देशभर निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरू

142

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।निर्वाचन आयोगले  आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्। आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। त्यस्तै, भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here