बैशाख ३० गते सार्वजनिक बिदा दिन आग्रह

167

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

आयोगले गरेको सिफारिसबारे मन्त्रिपरिषद्ले निर्णय गरे अब लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। बैशाख ३१ गते शनिबार परेको छ भने जेठ १ बाट सरकारले गते आइतबार पनि बिदा दिने निर्णय गरिसकेको छ।

यस्तै, जेठ २ गते सोमबार बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने छ। यसरी हेर्दा लगातार ४ दिन सार्वजनिक बिदा पर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here