एक लाख ५३ हजार २ जनाको उम्मेदवारी

112

काठमाडौं  । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगले अहिलेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो।

जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार एक सय ६८, उपाध्यक्षमा २ हजार ४०१ जना, वडाध्यक्षमा ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै महिला सदस्यमा २६ हजार ५३२, दलीत सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। आयोगका अनुसार अहिलेसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here