काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यद्यपि, ४ हजार ८ सय ८२ जनाको पीसीआर गर्दा भने १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । यो अवधिमा १ लाख २५ सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ४९ छ । तीमध्ये काठमाडौंमा ४३, भक्तपुरमा ७ तथा ललितपुरमा १९ जना सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा विभिन्न ३२ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको पनि मन्त्रालयले जनाएको छ ।


















