सम्पादक निमकान्त पाण्डेकाे चुनावचिन्ह घण्टाघर

345

काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ञघण्टाघरझ चुनावचिन्ह पाउनु भएको छ । निर्वाचन आयोगमा उमेदवारहरुलाई आज चुनाव चिन्ह रोज्न लगाईएको थियो ।

घण्टाघर चुनाव चिन्हका साथ  काठमाण्डौको प्रमुख र उपप्रमुखमा उमेदवार भएका निमकान्त पाण्डे र उमा गुरुङलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समर्थन जनाएको छ ।

त्यसैगरी अन्य साना बाम पार्टीहरु लगायत संसदबादी धारका ठूला भनिएका पार्टीहरु नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीमा रहेका चुनावी तालमेलका बिरोधी  नेता र कार्यकर्ताहरुले ठूलो संख्यामा बिद्रोह गर्दै निमकान्त पाण्डेको चुनाव चिन्ह घण्टाघरमा मत खसाल्ने आश्वासन पाण्डेलाई दिएका छन् ।

अन्य बिभिन्न देशभक्त पार्टीहरुकोसमेत आफूलाई समर्थन रहेको मेयर उमेदवार पाण्डेको दाबी छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीमा स्थानीय चुनाव  उपयोग र उमेदवारी सम्बन्धमा बहस चलिरहेकै बेला मेयरका उमेदवार निमकान्त पाण्डेसँग कुरा गर्दै सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ९क।कञ्चन० ले पनि पाण्डे र गुरुङको काठमाण्डौमा उमेदवारी पार्टीको निर्णय बमोजिम नै भएको  भन्दै समर्थन गरिने जनाउनु भएको छ ।

निमकान्त पाण्डे बिगत ४२ बर्षदेखि राजनीतिक पत्रकारितामा संलग्न रहँदै आउनुभएको छ । जनधारणा साप्ताहिकमा सम्पादक रहनु भएका पाण्डेले आफ्नो पत्रिकामा ०५५र०५६ सालतिर नेताहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरी बनाएका महल र खरिद गरेका पजेरो गाडीहरु प्रकाशन गरी भ्रष्ट नेताहरुको भण्डाफोर अभियान नै चलाउनु भएको थियो । राष्ट्रियता

र जनजीबिकाको सवालमा खरो कलम चलाउँदै आउनु भएका पाण्डेको उमेदवारीले भ्रष्ट राजनीतिक नेताहरुलाई काठमाण्डौ महानगरमा चुनौति थपिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here