काठमाडौं । नेवाः देय् दबू कीर्तिपुर नगर समितिले २१ बुँदे स्थानीय चुनावका लागि नेवाः साझा अडान पत्र एमाले कीर्तिपुर नगर समितिका नेतृत्व साथै एमालेको तर्फवाट कीर्तिपुरमा मेयर उम्मेदवार केशरत्न बज्राचार्य र उपमेयर उम्मेदवार विन्दु महर्जनलाई बुझाउने काम शुक्रवार बैशाख १६ गते भयो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन र कीर्तिपुर नगरका अध्यक्ष बुद्धिलाल ज्यापुले संयुक्त रुपमा सो अडान पत्र हस्तान्तरण गर्नु भएको थियो । जुलुस सहित गएको देय् दबूको सो कार्यक्रममा मेयर उम्मेदवार केशरत्न बज्राचार्यले आफू मेयरमा निर्वाचित भएमा सो अडान पत्रलाई पूर्ण रुपमा पालना गर्ने बचन दिनु भयो ।


















