अवैध लागूऔषध सहित पक्राउ

95

पर्सा ।  वीरगंज महानगरपालिका-३० लालपर्सास्थित ना.३ ख ६३८४ नम्बरको मिनी ट्रकबाट अन्दाजी ५३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय पूर्ण बहादुर मोक्तान र सह-चालक मकवानपुर गढी गाउँपालिका-४ बस्ने २६ वर्षीय राज भुलन रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले लालपर्सा गाउँतर्फ जाँदै गरेको सो ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो

यसैगरी वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ रानिघाट बस्ने २२ वर्षीय आकाश पटेल र बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय साहेव अली रहेका छन् । भारतबाट नेपालतर्फ
आउँदै गरेको ओटोलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here