नेप्से ४८ दशमलव ७३ अङ्कले घट्याे

78
काठमाडाैं । कारोबार हुने हप्ताको दाेस्राे दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ।

सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २२६ वटा धिताेपत्रका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै अरूण भ्यालीकाे ४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here