आईजीबाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा

89

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी)बाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा गृहमन्त्रालयले गरेको छ। सोमबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्रका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव टेकनारायण पाण्डेले मुलुक ‘रामराज्य’ बन्ने अपेक्षा व्यक्त गरेका हुन्।

मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृहसचिव पाण्डेले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला मन्त्रालयको तर्फबाट शुभकामना छ। तपाईंहरुबाट मुलुक रामराज्य बन्ने अपेक्षा हामीले गरेका छौं।’

३० वर्ष सेवा अवधिका कारण दुवै संगठनका आइजी आइतबारबाट अनिवार्य अवकासमा गएपछि सरकारले आइतरबार नै दुवै संगठनका नयाँ आईजी नियुक्त गरेको हो।

नेपाल प्रहरीमा भने वरीयता मिचेर आईजी नियुक्त गरिएको भन्दै विरोध सुरु भएको छ। आफूहरुभन्दा जुनियरलाई आईजी नियुक्त गरिएको भन्दै प्रहरीका २ जना एआईजीले अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here