सुनकाे मूल्य तोलामा १ हजार रुपैयाँका दरले घट्याे

111

काठमाडौं ।  बजारमा सुनको मूल्य पुन: घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here