त्रिभुवन विमानस्थलमा उडान सुरु

154

काठमाडाैं । त्रिभुवन विमानस्थलमा उडान सुरु भएको छ। विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले ११ बजेर १० मिनेटबाट नियमित उडान सुरु भएको छ ।

‘फोन गरेर बम राखेका छौँ भन्ने थ्रेट आएको थियो’, महानिर्देशक ठाकुरले भने, ‘शंकास्पद ठाउँ सर्च गर्दा केही नभेटिएपछि उडान सुचारु भएको छ।’

अहिले अवरुद्ध भएका उडानको समय सरेको छ।  दिउँसो १ बजेसम्मको उडान भएका यात्रुलाई भित्र पठाउन थालिएको छ। यसअघि शंकास्पद वस्तुको सूचनापछि विमानस्थलले सेवा रोकेको थियो। सेना र प्रहरीकाे बम डिस्पोजल टोलीले खोज अनुसन्धान गर्दा केही नभेटिएपछि सेवा पुन: सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ।

योसँगै मोफसलका विमानस्थलबाट काठमाडौंका लागि विमानहरु उड्ने तयारी गरिरहेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here