स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन

165

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ। पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले मंगलबार समिति सचिवालय गठन गर्नुभएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य नानु बास्तोलाको संयोजकत्वमा पाँच सदस्य रहेको समिति गठन गर्नुभएको  हो। समिति सदस्यमा सुरेश आचार्य, प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजाशर्मा वाग्ले सदस्य हुनुहुन्छ।

सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिले गरेका निर्णयको कार्यान्वयनको अवस्थाबारे जानकारी दिनेछ।  गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here