डडेलधुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पुगेर उनकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणाले स्थानीय नेता कर्णबहादुर मल्लप्रति आक्रोश पोखेका छन्।
उनले मल्लको नाम नलिई बुधबार उनीप्रति आक्रोश पोख्दै भनिन्- ‘फाइदाका लागि कांग्रेस भएकाहरुले अहिले स्वार्थ पूरा भएपछि पार्टी छाडेका छन्।’मल्लको समूह भने नेपाली कांग्रेस बिपीको झन्डामुनि डडेलधुरामा चुनावी मैदानमा उत्रिएको छ। उक्त समूहले विभिन्न स्थानमा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवारहरुलाई चुनौती दिएको छ।
नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित कांग्रेसबाट निष्काशित भएपछि प्रदेश सभा सदस्यबाट पनि राजीनामा गरेका छन्।
आरजुले भनिन्- ‘करुवा, सरुवा, हरुवालाई भोट नहाल्नु होला।’
मल्लको समूह भने करुवा चुनाव चिह्नका साथ चुनावी मैदानमा उत्रिएको छ। मल्लको समूहले विभिन्न पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको छ।


















