कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चका सबै पेसी स्थगित

81

काठमाडाैं – न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालतमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएकाे जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, ‘केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ ।

जसले इजलास बसेन । बन्दीलगायतका मुद्दाका लागि एकल इजलास भने बस्नेछ ।’ आज न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here