पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण

89

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह गरेको छ ।

“निर्वाचन आयोग, २०७८ कार्यान्वयन सन्दर्भमा आयोगबाट गत चैत २९ गते पोखरामा आयोजित कार्यक्रममा तपाईं सहभागी भएकै हो, यसमा तपाईंजस्तो पत्रकारले आचारसंहिता मान्दिनँ भन्न मिल्छ कि मिल्दैन ?,”  स्पष्टीकरणपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here