स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नराम्रो पराजय भोग्ने

182

काठमाडौं  । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नराम्रो पराजय भोग्ने बताएका छन्। शान्तिबाटिकामा आयोजित सत्तागठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको अहंकारका कारण एमाले पराजित हुने दाबी गरेका हुन्।

‘गठबन्धनको माहाेल बनाउने ओलीलाई पनि धन्यवाद दिनैपर्छ। राजनीतिमा एउटा मान्छेको अहंकारले कति फरक पर्छ भन्ने देखाएको छ। धेरै अहंकार पलायो भने के हुन्छ भन्ने कुरा वैशाख ३० पछि देखिन्छ। अहंकारकै कारण एमाले स्वाहा हुँदै छ, गठबन्धन विजयी हुँदै छ,’ उनले भने।

उनले एमालेले महानगरको नेतृत्व सम्हाल्दा सम्पदा संरक्षणको नाममा पैसा मात्र बाँडेको आरोप लगाए। यसबाट मात्रै सम्पदा संरक्षण हुन नसक्ने उनले बताए। ‘हाम्रो नेतृत्व आएको अवस्थामा हामी राम्रोभन्दा राम्रो काम गरेर महानगरको मुहार फेर्नेछौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here