काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसअघि एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


















