काठमाडाैं । लुम्बिनी बौद्धविश्वबिद्यालय र सुलक्षण कीर्तिविहारबीचको शैक्षिकसहकार्यबाट बि.स २०७८ मा स्थापित सामुदायिक शैक्षिक संस्था ‘सुलक्षण कीर्ति क्याम्पस’ को पहिलो क्याम्पस सभा हुने भएको छ ।
सो कार्यक्रममा उपस्थितिका लागि क्याम्पसका सबै संरक्षक, संस्थापक, संचालक समितिका पदाधिकारीतथासदस्यहरू, प्राज्ञव्यक्तित्वहरु, कर्मचारी, बिद्यार्थीवर्ग, स्थानीय, देश तथा संघीय सरकारका प्रतिनिधी तथा उच्चशिक्षा हेर्ने अधिकारीज्यूहरू,सञ्चारजगत तथा क्याम्पससंगको सहकार्यमा आबद्ध सबै सरोकारवाला निकाय तथा व्यक्तित्वहरूलाई उक्त क्याम्पस सभामा सक्रिय सहभागिता जनाईदिनु हुन बिशेष आमन्त्रण गरेका छन् ।
क्याम्पसकाे प्रांगण हुने सभा श्रावन २१ गते , अगामी शनिबार दिनको ठिक ११ बजेबाट शुरु हुने जनाइएकाे छ ।

















