रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ

133

दाङमा प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेका छन् । जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ  ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका (७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका(३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका(७ बस्ने वर्ष १९ का रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।   दाङ जिल्ला हुँदै काठमाडौँ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here