भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडे

148

भारतीय आर्मीबाट व्यवसायिक फुटबल खेलाडी खेलिरहेका भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादपछि १० खेलाडीले टिम छाडेपछि अल्मुताइरीले भविन्द्रलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

केही दिनदेखि बन्द प्रशिक्षणमा रहेका भविन्द्रले शनिबार समाजिक सञ्जाल फेसबकुमा स्टाटस लेख्दै बन्द प्रशिक्षण छाडेको बताएका छन् । उनले प्रशिक्षक र खेलाडीबीचको विवादमा आफू पर्न नचाहेको उल्लेख गरेका छन्।

‘‘कोही पनि विवादमा पर्न चाहँदैन, विशेष गरी खेलकुदमा। म विवादित व्यक्ति बन्न चाहन्न,’ उनले लेखेका छन्, ‘कहिलेकाहीँ तपाईंले कठिन निर्णय लिनुपर्छ, जसले करिअरलाई मद्दत गर्न सक्छ। म आफ्नो पारिवारिक भविष्य रोज्छु। र, नेपाली टिमलाई एसियन कपका लागि शुभकामना।’

विवाद पछि १० सिनियर खेलाडीलाई टिमबाट निकालेको विषयमा कप्तान किरणले खेलाडीको पक्षमा उभिएपछि मुख्यप्रशिक्षक अल्मुताइरी उनको स्थानमा भविन्द्रलाई टिममा बोलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here