काठमाडौं / संघीयताको कार्यान्वयन प्रदेश राजधानी तोक्ने कुराबाटै सुरु भएको छ । सरकारले प्रदेश ७ को अस्थायी सरमुकाम धनगढी बनाउने प्रस्ताव गरेसागै डोटेली जनताले दिपायल बन्द गरेका छन् । यहाा अनिश्चितकालीन दिपायल बन्दको घोषण गरी आन्दोलन गरेका छन् । सरकारले अस्थायी राजधानी प्रस्ताव गरे पछिको अवस्थामा अन्दोलन भएको हो ।
सरकारले आगामी बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश राजधानी तोक्ने छ । प्रदेश नं. ७ को हिजो बिहान बसेको बैठकले दिपायललाई प्रदेश राजधानी नबनाएमा अन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने जनाएका छन् ।
बन्दले एम्वुलेन्स, दमकल, प्रेस, शवबहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।
संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको जनाए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए ।
(- जनधारणा साप्ताहिक)
















