काठमाडौं/ आपूर्ति विभागले उपत्यकाका अस्पतालहरूबाट उपचारका नाममा ठगी भएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएपछि उपत्यकामा सञ्चालित निजी अस्पतालहरू आतंकित भएका छन् । विभागले उपत्यकाका नाम चलेका अस्पतालहरू धापासी ग्राण्डी इन्टरनेशनल अस्पताल, ग्वार्काेस्थित बी एण्ड बी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाासबारीस्थित नेपाल इष्टिच्युट अफ न्यूरोलोजी एण्ड एलाइड साइसेन्जविरुद्ध मुद्दा दायरा गर्न प्रहरीलाई पत्र लखी पठाएको थाहा भएको छ । आपूर्ति विभागले पठाएको पत्रको आधारमा काठमाडौं प्रहरीले न्यूरो र इशान अस्पतालविरुद्ध गत मंगलबार मुद्दा दायर गरिसकेको प्रहरीले जनाएको छ । अरु धेरै अस्पतालहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको टेकुस्थित प्रहरी कार्यालयले जनाएको छ ।
अस्पतालहरूले स्वास्थ्य सेवा ऐन वा स्वास्थ्य सेवा नियमावलीमा निषेध गरेको काम नगरेको दावी गरेका छन् । ऐन र नियममा गर्नु भनी स्पष्ट तोकिएको नगरेमा र नगर्नु भनी स्पष्ट रूपमा निषेध गरिएको काम गरेमा मात्र कारबाही आकर्षित हुनुपर्नेमा आपूर्ति विभागले मनोमानी ढंगबाट अस्पतालहरूलाई आतंकित पार्ने काम गरेको पाइएको छ । आपूर्ति विभागले अस्पतालहरूलाई यस्तो गर्नु वा यस्तो नगर्नु भनी निर्देशन नगरेको र सचेतसमेत नगराएको अवस्थामा एकाएक ठगी मुद्दा चलाएर अस्पतालहरूलाई बिरामीको उपचारतर्फ भन्दा मुद्दाको चासो बढी देखाउनुपर्ने अवस्था सृजना गराएको अस्पताल सञ्चालकहरूबाट गुनासो प्राप्त भएको छ ।
विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आएका नाम चलेका उद्योगपति, व्यापारीहरूबाट भ्याट छली गरिएका उदाहरण देशमा प्रशस्तै छन् । पछिल्लोपटक कर छलीमा चर्चित रहेको एनसेल प्रकरणसमेतले अदालतबाट छुटकारा पाएको छ । यस्ता गतिविधिलाई नियन्त्रण गर्नतर्फ राज्यको ध्यानाकर्षण नभएको अवस्थामा बिरामीहरूको स्वास्थ्यसेवामा समर्पित रहेका अस्पतालहरूलाई आतंकित पार्ने काम राज्यबाट हुनु दुर्भाग्यपूर्ण भएको अस्पताल सञ्चालकहरू धेरैले प्रतिक्रिया दिएका छन् । राज्यले स्पष्ट नीति नबनाउादा अस्पतालहरूमाथि निगरानीका नाममा आर्थिक लेनदेनका गतिविधिहरू देखिन थालेका छन् । आपूर्ति विभागका केही कर्मचारीहरूले नाम चलेका अस्पतालहरूमा निगरानी गर्ने भन्दै आर्थिक लेनदेनका लागि बार्गेनिङ गरेकोसमेत समाचार प्राप्त भएका छन् । अस्पतालहरू एकैपटक आन्दोलित भयो भने देशको स्वास्थ्य अवस्था कस्तो होला ? सरकारले समयमै ध्यान पुर्याउन जरुरी रहेको एक अस्पताल सञ्चालकले जनधारणासाग प्रतिक्रिया जनाएका छन् । (- जनधारणा साप्ताहिक)

















