नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा जमाउने सोचमा

109

काठमाडौं । नेपालले एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे नौ बजेबाट सुरु हुनेछ । नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा जमाउने सोचमा छ । जिम्बाब्वे पनि जित निकाल्दै सिरिज जित्ने प्रयासमा हुनेछ । सिरिजको पहिलो खेलमा जिब्बाब्वे तीन विकेटले विजयी भयो । दोस्रो खेलमा भने नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि नेपाल र जिम्बाब्वेबीचको तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here