काठमाडौं । सातामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भएको छ।
यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि कार्यालय समय भने बढाइएको छ। जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समय हुने छ।




















