वर्तमान सरकारको विरोधसँगै स्थानीय निर्वाचनमा सहभागी : बिजुक्छे

166

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारको विरोधसँगै स्थानीय निर्वाचनमा सहभागी भएको बताउनुभएको छ।

मंगलबार भक्तपुरमा आयोजित चुनावी सभामा उहाँले पार्टीको सिद्धान्तलाई नछोडिकन, अनुशासित भएर आगामी दिनमा आन्दोलनलाई थप अघि बढाउनुपर्ने बताउनुभयो।

विगतको नेकपा सरकारको विश्लेषण गर्नुहुँदै उहाँले पार्टीको आन्तरिक झगडाका कारण माधव नेपाल र प्रचण्डको पार्टी फुटेको आशय व्यक्त गर्नुभयो। “त्यस समय चुनाव गारउने भने पनि को जित्छ, को हार्छ ? ठेगान भएन, जर्बजस्ती नयाँ सरकार बनाएर एमसीसी पास गरियो, हामी यसको विरोधमा छौं”, उहाँले बताउनुभयो।

बहुमत भएको पार्टीको नेता प्रधानमन्त्री हुने प्रजातान्त्रिक नियम नै भएको तर, न्यायाधीशबाट सरकार तोक्ने कामप्रति असहमत रहेको उहाँको भनाइ छ।

नेमकिपालाई पनि धोका भएको जसकारण पार्टीमा पहिलेजस्तो ठूलो संख्या नरहेको उहाँ बताउनुहुन्छ। निर्वाचनका कर्मचारीसमेत पार्टीसँग मिल्ने खालका विभिन्न प्रवृत्ति देखिदै आएको उहाँले बताउनुभयो।

गलत ठाउँमा दिइएको मतले नकरात्मक असर पर्ने बताउनुहुदै उहाँले भक्तपुरमा मात्रै नभई देशैभरका मतदाता समक्ष विवेकपूर्ण ढंगबाट मतदान गर्न आह्वान गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here