साहित्य कलाकाे २८औं बार्षिकोत्सवमा स्रष्टा सम्मान

83

काठमाण्डौ । साहित्य कला मन्दिरको २८औं बार्षिकोत्सवको उपलक्षमा लुनाकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा साहित्य कला ,र संगीतको क्षेत्रमा बिशिष्ठ योगदानकर्ता हरुलाइ सम्मान कार्यक्रमको आयोजना गरिएको छ । साहित्यानुरागी तथा सफल ब्यवसायी बसन्त चौधरीको सभापतित्व तथा प्रा.डा. उषा ठाकुरको प्रमुख आतिथ्य एवं प्रा.डा.त्रिरत्न मानन्धर, तेजेश्वर बाबु ग्वंग:,न्हुच्छेबहादुर डंगोल,हरिहर शर्मा,डा.बिष्णुबिभु घिमिरे तथा डा.अस्मिता अर्याल को आतिथ्यतामा कमलपोखरी स्थित अग्रवाल सेवा सदनमा सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथी द्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा साहित्यकला मन्दिर का अध्यक्ष बसन्त चौधरीले उपस्थित सवैलाइ स्वागत मन्तव्य राखेका थिए स्वागत मनतब्यका क्रममा अध्यक्ष चौधरीले साहित्य कलाको माध्यमबाट जीवनमा बिशिष्ट सन्तुष्टि प्राप्त हुने कुरा ब्यक्त गर्दै समाजमा साहित्यको क्षेत्रमा बि़े़शेष योगदान पुर्याउनु हुने स्रष्टा हरुलाइ सम्मान गर्ने मूलभूत उद्देश्य रहेकोले यसले साहित्यिक उन्नयनमा बृद्धि हुने बिचार ब्यक्त गर्दै उपस्थित सवैलाइ न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रम बारे प्रकाश पारेका छन् ।

कार्यक्रमका बीच डा. अस्मिता अर्याल द्वारा लिखित ‘’ मैले बुझेको दुनियाँ ‘’ नामक निबन्धात्मक कृतिको बिमोचन समेत गरियो । कृतिका बारेमा साहित्य कला मन्दिरका कोषाध्यक्ष मेघा चौधरीले बिमोचित कृति बारे बोल्दै डा.अस्मिता अर्याल पेशाले चिकित्सक भएतापनि साहित्यिक चेतले भरपुर रहनुका साथै मानिसको शरीर संग संबेदनशिल रहने शिल्पी हात मानिसको मस्तिष्क र भावना संग पनि उत्तिकै कुशलता पूर्वक चलायमान रहेको बिचार ब्यक्त गरेकी छन् । यसैगरी आफ्नो कर्मको माध्यमबाट समाज र राष्ट्रप्रति विशेष योगदान दिने साहित्यकार तथा बिशिष्ठ व्यक्तित्व हरुलाइ माला,खादा तथा दोसल्ला ओढाउंदै सम्मान पत्र प्रदान प्रदान गरिएको थियो । सम्मानित हुने ब्यक्तित्वहरुमा क्रमशः प्रा.डा.त्रिरत्न मानन्धर इतिहासशिरोमणी बाबुराम आचार्य शोधसम्मान पुरस्कार,तेजेश्वर बाबु ग्वंग: सरस्वतीसम्मान पुरस्कार एवं न्हुच्छेबहादुर डंगोल नारायणगोपाल संगीतसम्मान पुरस्कार बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित अतिथीका रुपमा बोल्दै साहित्यकार सर्जक अध्येता प्रा. डा. त्रिरत्न मानन्धरले सर्जकहरु काब्यीक सृजनशिलताका संबाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने कुरामा जोड़ दिंदै साहित्य सृजना सदैव नबीन हुने कुरा बताएका छन् ।कार्यक्रममा सर्जक डा. अस्मिता अर्यालले हामीहरु कतिपय सृजनाले बोलेजस्तै अधिकारको नाममा कर्तब्य बिर्सिरहेका त छैनौं ? यो गम्भीर चासो र चिन्ताको बिषय भएकोले हाम्रा कतिपय आचरण र ब्यवहारहरु समाजले अनुमोदित गर्नु पर्ने कुरामा जोड दिंदै समाज र साहित्य एकै सिक्काका दुइ पाटो हुन् दुवैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरेकी छिन् ।
प्रमुख अतिथि प्रा.डा.उषा ठाकुरले कला साहित्य समाजको निर्देशक ऐना भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुने कुरा बताउंदै समाज अनि राष्ट्रलाइ स्पष्ट दृष्टिकोण दिदै साहित्यिक गतिविधिमा संलग्न सर्जक हरुलाइ गरिने यस्ता सम्मान कार्यक्रमले समग्रमा सर्जक हरुलाइ प्रोत्साहन र प्रेरणा प्रदान गर्नुका साथै साहित्य कलालाइ सामान्यतः कठोर साधनाको आवश्यक पर्ने कुरामा जोड़ दिइएको थियो । डा. बिष्णुबिभु धिमिरे द्वारा संचालन गरिएको उक्त कार्यक्रममा
साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले उपस्थित सवैलाइ धन्यवादज्ञापन गर्दै समय समयमा यस्ता कार्यक्रमको आयोजनाले साहित्य उत्थानमा सहयोग पुग्ने बिचार ब्यक्त गरेका छन् ।
-जयराम बिडारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here