सबै खाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय

87

काठमाडौं । उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबै खाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।

महाशाखाकाले साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताएको हो ।  आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने पनि महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here