काेराेना महामारीका कारण एसियन कप २०३३चीनमा नहुने

87

हङकङ  । कोभिड–१९ द्वारा सिर्जित परिस्थितिको कारण चीन एसियन कप २०२३ आयोजकको रूपमा नरहने जनाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ आयोजक देशबारे निर्णय गर्ने प्रक्रियामा रहेको बताएको छ ।

प्रत्येक चार वर्षमा भइरहेको यो प्रतियोगितामा महादेशका २४ वटा राष्ट्रिय टिमले खेल्ने गर्दछ र यो दस सहरमा अर्को वर्षको जुन १६ देखि जुलाई १६ सम्म सञ्चालन गर्ने तय गरिएको थियो ।

‘एएफसीलाई सीएफए (चिनियाँ फुटबल संघ) ले औपचारिक रूपमा एसियन कप २०२३ आयोजना गर्न नसक्ने सूचना दिएको छ,’ एएफसीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘एएफसी कोभिड–१९ महामारीबाट आएको असाधारण परिस्थितिलाई स्वीकार गर्दछ कि त्यसैको कारण चीनले आयोजनाको अधिकार त्यागेको छ ।’

यो खबर चिनियाँ सामाजिक सञ्जाल वेइबोमा शनिबार ट्रेन्डिङमै रह्यो । उक्त समाचार एक घण्टाभित्रै झन्डै ६ करोडले पढेका थिए । धेरै पाठकले शून्य कोभिड नीतिका कारण अर्को वर्षका लागि प्रतियोगिता सारेको बुझेर सोधेका थिए भने अरूले नयाँ निर्माण गरिएका र मर्मतसम्भार गरिएका १० रंगशाला के हुन्छ भनेर प्रश्न गरे । केहीले फिफा वरीयतामा ७७ औं स्थानमा रहेको धेरै बदनाम भएको पुरुष राष्ट्रिय टिमका लागि राम्रो भएको भन्दै व्यंग्य गरे, ‘अब राष्ट्रिय टिमले सुधार गर्ने पर्याप्त समय पाएको छ । कडा मिहिनेतलाई कायम राख ।’

चीनले महामारीलाई परास्त गर्ने प्रयासमा प्रभावित भएको ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा यो एसियन कप सबभन्दा पछिल्लो हो । अघिल्ला महिना एसियाली ओलम्पिक परिषद् (ओसीए) ले बृहत् खेलकुद प्रतियोगिता एसियाली खेलकुद २०२२ पनि स्थगित गरेको थियो, जुन हाङजोउमा आयोजना गर्ने तय गरिएको थियो ।

ओमिक्रोन भेरिएन्ट तीव्र फैलिएपछि शून्य–कोभिड नीति र देश र सहरमा कडा निगरानी गरेको चीनले सन् २००४ यता पहिलोपल्ट एसियन कप आयोजना गर्न लागेको थियो । सांघाईमा लकडाउन गरिएको एक महनिा बढी भयो । बेइजिङलगायत अन्य सहरमा थप कडाइ गर्दै परीक्षणलाई तीव्रता पारिएको छ र लकडाउनतिरै लक्षित गरिएको छ ।

महामारी सुरु भएयता चीनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित वा रद्द गरेको छ । गत फेब्रुअरीमा स्वास्थ्यमा निक्कै कडा निगरानी गर्दै विन्टर ओलम्पिक भने आयोजना गरेको थियो । सन् २०१९ देखि चाइनिज फर्मुला वान ग्राँ प्री आयोजना गरिएको छैन । चिनियाँ खेलाडी पेङ सुईको सरक्षामा गम्भीर हुँदै डब्लूटीए (वर्ल्ड टेनिस एसोसिएसन) ले प्रतियोगिता निलम्बन गरिएको छ । यो वर्ष सांघाई मास्टर्स र चाइना ओपनसहित चार एटीपी इभेन्ट्स चीनमा हुने तालिका थियो ।

चाइनिज सुपर लिगको नयाँ सिजन कहिले सुरु हुने भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो जुलाईमा हुने इस्ट एसियन च्याम्पियनसिपको आयोजना अधिकार पनि सीएफएले पाएको थियो, जुन प्रतियोगिता अब जापानमा हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here