कुमाख गाउँपालिकामा करेन्ट लागेर दुईको मृत्यु

100

सल्यान । जिल्लामा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १४ जना  घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो ।

गाडीको छतमा झन्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आएको छैन ।

रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here