बालुवाटारमा प्रम देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

124

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ ।

प्रधानमन्त्री देउवा र जियासहितको टोलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here